२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

shivam cement
कमल कुमाल
२०८१ असार २७ गते १७:०६
Shares
कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट : कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 'स्थानीय स्रोतको उपभोक्त स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने मूल नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरिएको हो ।

कालीकोटका ९ वटै स्थानीय तहमा खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइसकेपछि बिहीबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको सभाध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावत, प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपाली, प्रहरी प्रमुख अर्जुन केसी, डाक्टर संकेत विश्वकर्मा, महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह (भिजन), पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही (अग्नी,) शुभकालीका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्य, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका स्वास्थ्य शाखा संयोजक, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महतले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका ९ वटै स्थानीय तहमा छुटेका बालबालिकाहरुलाई पुन: खोप अभियान सञ्चालन गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको बताए । साथै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखालाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित खबर