काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले बजेट नेतामुखि भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।
भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र नभइ धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए ।
दैलेख हुँदै जुम्ला जाने सडकमा ७९ किलोमिटर दूरी छोटिन्छ भन्दा सरकारले नसुनेको उनले बताए ।