२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते १४:२५
नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौं : प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश भएको छ । 

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दफावार छलफल गरी भएको सहमतिअनुरुप सर्वसम्मत निर्णय गरी प्रतिवेदन सदनमा पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै सभापति खतिवडाले विधेयकलाई समृद्ध बनाउन औपचारिक तथा अनौपचारिक रुपमा महत्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारी, राष्ट्र सेवक, संघीय संसद र सचिवालय बधाइको पात्र भएको बताए ।

कोही पनि नेपाली नागरिक नागरिकताबिहीन नहोउन् र नेपाली बाहेकले नेपालको नागरिकता नलिउन् भन्ने मूल मर्मकासाथ विधेयक ल्याइएको सभापति खतिवडाको भनाइ थियो । उनले विधेयकमा आमाको नामबाट नागरिकता नपाउने परम्पराको अन्त्य गर्दै आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिए ।

उनले गैरआवासीय नेपाली संघ र पूर्वगोरखा सैनिकका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता गृहमन्त्रीले समितिमा व्यक्त गरेको जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise