२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते १४:५५
बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण

काठमाडौं : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरुभएसँगै बागमती नदीमा बाढीबाट  सम्भावित जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

आज निरीक्षण गर्ने क्रममा वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनीकरणका लागि आवश्यक काम अघि बढाउन उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका काम, ढल व्यवस्थापन, बागमती सौन्दर्यकरण लगायतको निरीक्षण गरेको हो ।

उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमती स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्य अघि बढाउन निर्देशन दिए ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल रिसालले नगरपालिकाले बागमती स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराए । बुधबार मात्रै उपप्रधानमन्त्री सिंहले विष्णुमतिको बूढानीलकण्ठ क्षेत्रको निरीक्षण गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise