२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

फैलिदै कोरोना, एक हप्तामा ३० सङ्क्रमित भेटिए

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते १६:१९
फैलिदै कोरोना, एक हप्तामा ३० सङ्क्रमित भेटिए

काठमाडौं : मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो ।

इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रलाल झाले सीमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो घटेको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही दिनअघि भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । 

पुस १७ गते यता १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो ७ दिनमा ३० जना र २४ घण्टामा ५ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी वागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा समान ३÷३ जनामा सङक्रमण देखिएको छ ।

निर्देशक डा. झाले कोरोना भाइरसको सङक्रमण देखिएका ठाउँमा एन्टिजेन पठाइएको समेत बताए । उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पठाइसकिएको छ । उनले सङक्रमणको जोखिमलाई ध्यान दिंदै थप एन्टिजेन खरिद गर्ने प्रक्रिया समेत अगाडि बढाइएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा. युवानिधि बसौलाले उपचारका लागि बिरामी फाट्टफुट अस्पतालमा आउने गरेको बताए।  ‘मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन’, उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएकाले नेपालमा पनि देखिएको बताए । ‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्’, उनले भने, ‘मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए । 
 

ADV

सम्बन्धित खबर

Advertise