२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

shivam cement
२०८२ असार ५ गते १७:४०
Shares
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं : उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सुनुवाइपछि यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पाठकलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।

पत्रकार पाठकले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी सामग्री युट्युबमा सार्वजनिक गरेपछि प्रहरीले साइबर अपराध अन्तर्गत अनुसन्धानका लागि उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । उक्त पक्राउ रोक्न निषेधाज्ञा माग गर्दै पाठक उच्च अदालत पुगेका थिए ।

यसअघि न्यायाधीश ऋषिराज भण्डारीको इजलासले "कानुनबमोजिम बाहेक" पाठकलाई नपक्राउ गर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । बिहीबार सो आदेशमाथिको छलफलपछि इजलासले सोही आदेशलाई निरन्तरता दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, "निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसुर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नु नगराउनु ।"

ताजा खबर

सम्बन्धित खबर