२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

दरबारमार्गको होटेल निर्माण तत्काल रोक्न नेकपा बहुमतको माग

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते २२:३७
दरबारमार्गको होटेल निर्माण तत्काल रोक्न नेकपा बहुमतको माग

काठमाडौं : दरबारमार्गस्थित होटेल डेला अनपूर्ण प्रालिको निर्माण कार्य तत्काल रोक्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले माग गरेको छ । यस्तो माग राख्दै काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गरिएको छ । 

पार्टीको काठमाडौँ महानगर समिति इन्चार्ज निश्चल थापाले पत्रमार्फत महानगर प्रमुखलाई यस्तो आग्रह गरेका हुन् । 

पार्टीको अनुसार, दरबारमार्गको नाममा दर्ता कित्ता नं. ६१५ र १५५५ गरी कुल ४१-०-०-१ रोपनी जग्गामा हाल सो होटलको निर्माण कार्य सञ्चालन भइरहेको छ । सो जग्गा हडपिएको भन्दै विवादमा परिरहेको जनाउँदै पार्टीले सम्पूर्ण जग्गा हडपिएको शंका गरिएको उल्लेख गरेको छ । 

पत्रमा भनिएको छ, “भाडामा, बिक्री, बैंक धितो राख्ने कार्यहरू गैरकानुनी रूपमा गरिँदै छ ।” 

पार्टीले महानगरपालिकाको सूचनाको आधारमा निर्माण कार्य अनुमति बिना नै अगाडि बढाइएको दाबी गर्दै, सम्बन्धित नियम र प्रक्रिया नपुगेको अवस्थामा तुरुन्तै निर्माण कार्य रोक्न माग गरेको छ ।

यस विषयमा नेपाल ट्रष्टको कार्यालयलाई समेत जानकारी गराइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise