२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

Nada
२०८२ असार ६ गते ०८:४०
Shares
इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

पाल्पा : कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउण्डेशनले पुस्तक उपलब्ध गराएको हो । 

ncell

विभिन्न विधामा एक सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिए। “पुस्तकालय स्थापनामा मद्दत पुर्‍याउन पुस्तक उपलब्ध गराएका हौँ”, उनले भने। पुस्तकका माध्यमबाट व्यक्तिलाई सजायभन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने उनको भनाइ छ । 

इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर