२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

अवसरका लागि विश्वभरमै श्रमिकहरु भौंतारिरहेका छन् : श्रममन्त्री भण्डारी

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते १२:५९
अवसरका लागि विश्वभरमै श्रमिकहरु भौंतारिरहेका छन् : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ-आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभइ संसारभरका श्रमिक भौंतारिरहेको बताएका छन् ।

शुक्रबार श्रम, आप्रवासन, लैंगिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले अवसरसँगै आफू र आफ्ना सन्तानको भविष्यका लागि आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्मको अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले पूरै गाउँ खाली रहेको र देश खाली भएको भन्दै नेपालमा केही छैन भन्ने भास्य निर्माण गरिएको बताए । विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको उनले बताए ।

मन्त्री भण्डारीले नेपालमा गाउँघर खाली के कारणले भए र कसरी फर्काएर गाउँमा नै लिएर जाने भन्ने विषयमा इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए । 

उनले देखिएका विषयमात्र जोडेर नभइ नदेखिएका कारणहरुमा समेत इमान्दारितापूर्वक काम गरेर गाउँ बस्तीमा मानिसहरु फर्काउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । 

ADV

सम्बन्धित खबर

Advertise