२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बजेट सत्ताधारीमैत्री भएको कांग्रेस सांसद गिरीको आरोप

Nada
२०८२ असार ६ गते १४:०५
Shares
बजेट सत्ताधारीमैत्री भएको कांग्रेस सांसद गिरीको आरोप

काठमाडौं : नेपाली कांग्रेसका सांसद दीपक गिरीले आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट सत्ताधारीमैत्री भएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले बजेट विकासमैत्री, लगानीमैत्री नभएर सरकारमैत्री भएको आरोप लगाएका हुन् ।

ncell

उनले झापामा होमस्टेदेखि पार्क निर्माणसम्मका लागि बजेट छुट्याइँदा चरिगाउँ विमानस्थललाई बेवास्ता गरेको दाबी गरे । उनले बजेटले दंगाली जनता र त्यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिप्रति विश्वासघात गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले समेत पटक-पटक संसदमा चरिगाउँ विमानस्थल बन्छ भनेर भनिरहेको अवस्थामा ७० देखि ९० करोडको अनुमान गरिएको जग्गा अधिकरणका लागि एक करोड विनियोजन गरेर जनप्रतिनिधिलाई नंग्याउन खोजेको बताए ।

उनले किरियापुत्री भवन बनाउन तीन करोड बजेट छुट्याउने सरकारले जनताको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनालाई १ करोड बजेट छुट्याइनु हास्यास्पद र जनप्रतिनिधिलाई नंग्याउन खोजिएको टिप्पणी गरे । 

उनले अर्थमन्त्रीले सभामुखलाई पनि माया गरेर २५ लाखको एउटा आयोजना दिएको भन्दै व्यंग्य गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर