पर्सा : पर्साको बहुदरमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नियन्त्रणमा लिएको छ ।
योजना स्वीकृत गर्ने, खरिद आदेश गर्ने तथा ठेक्का सम्बन्धी लगायतका काम काजको प्रक्रिया मिचेर आर्थिक चलखेलको गरेको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई आयोगले नियन्त्रणमा लिएको हो ।
श्रीवास्तवमाथि पदीय मर्यादाको उल्लर्घन गर्दै अनुशानहीन कार्य गरेर सार्वजनिक रूपमा संस्थालाई बदनाम गराएर आर्थिक अनियमिततामा संलग्न रहेको आरोप लागेको अख्तियारले जनाएको छ ।
श्रीवास्तवलाई वीरगञ्जको बाइपास एरियाबाट कागजपत्रसहित शुक्रबार नियन्त्रण लिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट शान्ति सुरक्षाकोका लागि थप प्रहरी परिचालन गरिएको छ ।