२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

विद्यालयको २ वटा भवन निर्माण

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते १५:३१
विद्यालयको २ वटा भवन निर्माण

धरान : खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताको सरस्वती माविमा २ वटा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवनको निर्माण गरिएको हो ।

सरस्वती माविमा विद्यालय र समुदायको सहभागितामा सुविधा सम्पन्न भवन निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले जानकारी दिए ।

२ करोड ६५ लाख ९२ हजार रुपैयाँमा एउटा आठ कोठे र एउटा चार कोठे भवनको निर्माण गरिएको हो । ६ महिनाको छोटो समयमा द्रुत गतिमा ट्रस्टले भवन निर्माण सम्पन्न गरि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

नवनिर्मित भवन गोर्खा वेल्फेयर ट्रस्ट नेपाल एरिया वेल्फेयर सेन्टर, दिक्तेलका एरिया वेलफेयर अफिसर चित्रबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राईलाई हस्तान्तरण गरे । 

गोर्खा वेल्फेयर ट्रष्टले इँटा र सिमेन्टको पक्की वाल, फलामको ट्रसमा जस्तापाताको छाना, प्लाइउडको फल्स सिलिङ, काठको झ्यालढोका लगाई दुई तले दुई वटा भवन निर्माण गरेको छ । 

भवन निर्माणका लागि गोर्खा वेल्फेयर ट्रस्टको २ करोड ३५ लाख ४४ हजार ३३३ रुपैयाँ र विद्यालयका तर्फबाट ३० लाख ४७ हजार ७१६ रुपैयाँ खर्च गरिएको गाउँपालिकाका लेखापाल उत्तम आचार्यले बताए । 

भुपु बेलायती सेना समेत रहेका गाउँपालिका अध्यक्ष राईको पहलमा गोर्खा वेल्फेयर ट्रस्टले सरस्वती माविलाई भवन निर्माणका लागि छनोट गरेको थियो । 

भवनसँगै आठ कोठे शौचालय, खानेपानी ट्यांकी, कम्पाउन्ड, चार कोठामा बालमैत्री फर्निचर, भित्तेलेखन तथा कार्पेटिङ, बालमैत्री धारा लगायतका संरचना निर्माण गरिएको छ । ट्रस्टले विद्यालयलाई फलामको ४० जोर डेस्क बेन्च पनि उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक शीतल राईले बताइन् ।

उनले ट्रस्टले सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेपछि विद्यार्थीहरूको पठनपाठनमा सहज भएको बताएकी छन् । 

ADV

सम्बन्धित खबर

Advertise