२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बाढी–पहिरो र सडकको अवस्था बुझ्न हेल्प डेस्क

Nada
२०८२ असार ६ गते १६:०५
Shares
बाढी–पहिरो र सडकको अवस्था बुझ्न हेल्प डेस्क

काठमाडौं- काठमाडौँ उपात्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका सवारी साधनले १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाउने भएका छन् । 

ncell

नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढी–पहिरो)का साथै सडकको अवस्थाबारे जानकारी दिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

जहाँबाट सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी प्रदान गरिनेछ । यस्तो नागरिक सहायता कक्षको शुक्रबारदेखि सुरु भएको ट्राफिक प्रहरीले जनाएको छ । 

राजधानीको गोङ्गबुस्थित नयाँबसपार्कमा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा गोबिन्द थापालगायतको सहभागिता थियो ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भइ अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताए । 
 
 

ताजा खबर

सम्बन्धित खबर