२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

ग्वार्कोको फ्लाई ओभर उद्घाटन

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते १६:५०
ग्वार्कोको फ्लाई ओभर उद्घाटन

ललितपुर : ललितपुरको ग्वार्कोमा निर्माण भएको फ्लाई ओभर शुक्रबारबाट सञ्चालनमा आएको छ । फ्लाई ओभरको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गराए । उद्घाटन भएसँगै फ्लाई ओभरमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

ADV

सम्बन्धित खबर

Advertise