२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

कर्णालीको अवस्था बदल्ने जिम्मेवारी युवाको काँधमा छ : मुख्यमन्त्री कँडेल

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते २०:२८
कर्णालीको अवस्था बदल्ने जिम्मेवारी युवाको काँधमा छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व अबका युवाको काँधमा रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आयोजित “युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२” लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले युवामै समृद्ध कर्णालीको सम्भावना रहेको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री कँडेलले आजका युवामा ज्ञान, सोच र सीप भरिपूर्ण रहेको उल्लेख गर्दै भने, “अब आत्मविश्वास र नेतृत्वदायी भूमिका जगाउन सके, अहिलेको समय हिजोको भन्दा सजिलो र अनुकूल भएको उल्लेख गरे । कर्णाली प्रकृति हिसाबले भरिपूर्ण छ यसलाई सदुपयोग गर्न सके युवा पुस्ताको भविष्य उज्यालो हुने बताए ।

श्रमलाई सम्मान गर्ने संस्कार निर्माण गर्नुपर्ने कुरामा जोड दिनु पर्ने मुख्यमन्त्री धारणा राखे । प्रदेश सरकार उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि सहुलियत कार्यक्रम ल्याउन नीति लिएको बताए । सरकार कृषि, पर्यटन र लघु उद्योगलाई प्राथामिकतामा राखेर अगाडि बढ्ने उनले उल्लेख गरे ।

विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सरकार तयार रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । मुख्यमन्त्री कँडेलले युवाहरूलाई गाउँमा आएको विकासको हिसाब राख्ने, विचार र व्यवहारबाट नेतृत्व देखाउने, निराशा होइन, आशा बाँड्ने भूमिका निर्वाह गर्न आग्रह गरे ।

ADV

सम्बन्धित खबर

Advertise