२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

चार मुक्तक

shivam cement
२०८२ असार ७ गते ०६:०५
Shares
चार मुक्तक

–गणेश लोहनी 

१. 
आँखाबाट मुटुमा घुस्छ, चाट्छ, चुस्छ, ठगेर जान्छ
सपनाको भारी बोकाउँछ, खुसी सारा लगेर जान्छ
भँगालोझैँ छुट्छन्, सँगी घडा सरी भरिन्छन् सन्तति
पानी जस्तै रहेछ माया, तलतिर मात्र बगेर जान्छ ।।

२. 
सँगसँगै खेल्दै हुक्र्यौँ, रमाइलो दिनरात थियो
आँसु झर्दा पुछिदिने, न्यानो तिम्रो हात थियो
म कुटिएँ, तिमीले पनि अनाहकमा गाली खायौ
प्यारो साथ छुटाउने मानव निर्मित जात थियो ।।

३. 
विषको वृक्षमा अमृत फलाउन अघि सर्दै छौ
काखमा राखी गला रेट्नेहरूकै शरण पर्दै छौ
घाउमा नुनचुक छर्कन लाम बद्ध छ दुनियाँ
व्यर्थै मलहम लगाइदिनेहरूको खोजी गर्दै छौ ।।

४. 
परिवर्तनको उभार आयो, जो भयो ठिकै भयो
कथनी पनि झोपडीका सपना माफिकै भयो
लोभ्यायो हरियो घाँसले पशुलाई लोभ्याएझैँ 
नतिजा खोइ कता’गो ? तमासा मदारीकै भयो ।।

ताजा खबर

सम्बन्धित खबर