२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

अत्याधिक गर्मीले बाँकेमा छाला रोगका बिरामी बढ्दै

shivam cement
मध्यान्ह
२०८२ असार ८ गते ०८:३५
अत्याधिक गर्मीले बाँकेमा छाला रोगका बिरामी बढ्दै

नेपालगञ्ज : गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा. बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि भएको जानकारी दिए। 

“पहिलेभन्दा सङ्ख्यात्मक रूपमा छाला रोगका बिरामी बढिरहेका छन्”, उनले भने । उनका अनुसार बिरामीको काखी, काछलगायतका स्थानमा दाद आउने समस्या देखिएको छ ।  डा. चापागाईँले ती बिरामी २० देखि ४० वर्ष उमेर समूहका भएको बताए । 

नेपालगञ्ज बाहेक बर्दिया, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट छाला रोगका बिरामी अस्पताल आउने गरेका छन् । भारतसँग सीमा जोडिएको नरैनापुरमा छाला रोगका बिरामीको सङ्ख्या झन् वृद्धि भएको नरैनापुर गाउँपालिकाको कटकुइया स्वास्थ्य चौकी प्रमुख दिनेशकुमार मौर्यले जानकारी दिए । 

उनले दैनिक ४० देखि ६० जनासम्म बिरामीको जाँच हुँदा सबैभन्दा बढी २० देखि २५ जना छाला रोगका बिरामी फेला परेको बताए । छाला रोगमा सबैभन्दा बढी दाद, लुतो र छाला चिलाउने समस्या देखिएको उनको भनाइ छ । पिलो आउने, घमौरा लगायतका समस्यासमेत देखिएको छ । “हामी नेपाल भारत सीमा क्षेत्रमा छौँ यहाँबाट मानिस भारत जाने आउने गर्छन् र त्यहाँबाट धेरै सङ्क्रमण भएको हुनसक्छ”, मौर्यले भने ।  

बर्सेनि छाला रोगसम्बन्धी शिविर सञ्चालन भएको र त्यसबाट छाला रोगका बिरामी झन् बढ्दै गएको उनको भनाइ छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुरका जनस्वास्थ्य निरीक्षक नवीन बुढा क्षेत्रीले छाला रोगका बिरामी सबैभन्दा बढी आएको जानकारी दिए । 

उनले दैनिक जाँच भएका ५० बिरामीमध्ये २० जना छाला रोगसम्बन्धी बिरामी भेटिएको बताए । उमेरका हिसाबले वयस्कदेखि वृद्धसम्ममा छाला रोगका समस्या देखिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise