भक्तपुर : भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको नि:शुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत नि:शुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए । आङ खसेका महिलाको नि:शुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगलबार तीन जनाको शल्यक्रिया गरेको छ ।
“आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा. भट्टले भने । आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर नि:शुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे ।