२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

समय अगावै काम सम्पन्न गर्ने युवा व्यवसायी खनाल सम्मानित

Nada
सूर्यप्रसाद भुसाल
२०८२ असार ११ गते २१:०२
Shares
समय अगावै काम सम्पन्न गर्ने युवा व्यवसायी खनाल सम्मानित

अर्घाखाँची : अहिले देशका अधिकांश निर्माण व्यवसायीहरुले आयोजनाहरुको ठेक्का लिएर काम नसकेर कारवाही भोगिरहेका बेला अर्घाखाँचीका  एक  निर्माण व्यवसायी भने तोकिएको समय भन्दा अघि नै निर्माण सम्पन्न गरेर सम्मानित भएका छन् । अर्घाखाँचीमा रहेको खनाल प्रतिभा जेभीले जिल्लाभित्र र बाहिर गरी आधा दर्जन योजना सम्झौता अगावै निर्माण सम्पन्न गरेको छ । 

ncell

खनाल प्रतिभा जेभीले  निर्माण सम्पन्न गर्नुपर्ने समय भन्दा चार महिना अघि नै भूमिकास्थान पहुँच मार्ग नरपानी नुवाकोट सडकखण्डको सडक पिच गर्ने  काम सकाएर सडक पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेपछि वरिष्ठ निर्माण व्यवसायी कबिराम खनाललाई सम्मान गरिएको सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका प्रमुख गोपिराज पुनले जानकारी दिए ।

आठ  करोड ६०  लाख  रुपैयाँमा  ठेक्का लिएको खनाल प्रतिभा जेभीले  समय अवधि भन्दा ४ महिना १० दिन अघि नै हस्तान्तरण गरेको छ ।

खनाल प्रतिभाले २०८१ असार ७ गते  सडक पूर्वाधारसँग ठेक्का सम्झौता र २०८२ जेष्ठ महिना २५ निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सम्झौता अवधिभन्दा चार महिना १० दिन अघिनै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको जेभिका सञ्चालक कबिराम खनालले जानकारी दिए ।

जेभीले प्यूठानको स्वर्गद्वारी नगरपालिका र सन्धिखर्क नगरपालिकाको बजार क्षेत्रमा अक्सफाल पिचको काम  सन्धिखर्क नगरपालिका अन्तर्गत एक विद्यालय सन्धिखर्कका विभिन्न कामहरु  समय अगावै सम्पन्न गरी सम्मानित हुनु जिल्लाबासीका निम्ति खुसीको क्षण भएको जिल्ला समन्वय प्रमुख जीवनाराण कोईरालाले बताए । 

खनाल प्रतिभा जेभीले आफुले ठेक्का पाएका सबै योजना सम्झौताको समय अगावै सम्पन्न गरेर बुझाएको सञ्चालक खनालले बताए । सम्झौता समयभन्दा अगाडि नै काम सम्पन्न गरेमा प्रतिदिन ०.०५ प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने र सम्झौताभन्दा ढिलो काम गरेमा सोहीअनुसार जरिवाना लिने प्रावधान रहेको सडक पूर्वाधार कार्यालयका प्रमुख गोपीराज पुनले बताए । योजना लिएर अलपत्र पारेर बदनाम हुने गरेका अन्य निर्माण कम्पनीलाई यसले नयाँ पाठ सिकाएको  सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

खनाल प्रतिभा जेभीका सञ्चालक खनाल निर्माण व्यवसायी संघ अर्घाखाँचीका सह–अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध युवा व्यवसायी हुन् ।  

खनाल यो व्यवसायमा २० वर्ष अघि प्रवेश गरेका हुन् । सम्मान कार्यक्रममा अर्घाखाँची सडक पूर्वाधार कार्यालयले वरिष्ठ निर्माण व्यवसायी खनाललाई सम्मान गरेको छ । सन्धिखर्क सडक पूर्वाधार कार्यालय अर्घाखाँचीमा भएको एक विशेष समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कोईराला, सन्धिखर्क नगरप्रमुख श्रेष्ठ, सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका प्रमुख पुन, लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष काशिराम बस्याल, वरिष्ठ निर्माण व्यवसायी  कृष्णप्रसाद बस्याल, कार्यालयका लेखा प्रमुख बाबुराम खनाल, इन्जिनियर अशोक दवाडि, टोपबहादुर दर्लामी, हुमबहादुर लामिछाने, पत्रकार महासंघका अध्यक्ष गणेश खनालले खनाल प्रतिभाका  सञ्चालक युवा व्यवसायी खनाललाई राम्रो काम गरेको भन्दै दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर