२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

चार मुक्तक

shivam cement
२०८२ असार १४ गते ०६:०५
चार मुक्तक

–कमलप्रसाद बगाले रेग्मी 

१.
आऊ अब पिरती नै जोडौँ जस्तो लाग्छ 
सारा ध्यान तिमी तिरै मोडौँ जस्तो लाग्छ 
माया प्रीति मिठो लाग्यो हाम्रो भेटदेखि
तिमीलाई जिन्दगी नै छोडौँ जस्तो लाग्छ ।।

२. 
किन तिम्रै परेलीमा लुक्न मन लाग्छ 
माया गर्दै तिमीसँग झुक्न मन लाग्छ 
मिठा बने पिरतीका लामा रात पनि
हात समाई चारैतिर फुक्न मन लाग्छ ।।

३. 
आहा हाम्रो माया प्रीति झाँगिँदै पो गयो
सम्बन्धमा जल्ने सँग बाङ्गिँदै पो गयो
अमर छ हाम्रो प्रीत किन व्यर्थै डर 
हामीलाई बिघ्न हाल्ने नाङ्गिँदै पो गयो ।।

४.
ढुक्क छु म तिमीलाई मुटुभित्र टाँसेको छु 
पिरतीका मिठा वाचा सधैँलाई साँचेको छु
आऊ प्रिय हाम्रो माया सबैलाई देखाई दिऊँ 
हृदयमा तिम्रै तस्बिर प्यारो गरी बाँधेको छु ।।

ADV

सम्बन्धित खबर

Advertise