२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

जिम्मेवारीका साथ काम गरेमात्र समृद्धि सम्भव छ : मन्त्री राणा

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ असार २० गते २०:२४
जिम्मेवारीका साथ काम गरेमात्र समृद्धि सम्भव छ : मन्त्री राणा

प्यूठान : लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता रोज राणाले सामाजिक सञ्जालमा टिप्पणी गरेर जिल्लाको विकास नहुने बताएका छन् । 

नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले भने, ‘काठमाडौंमा बसेर स्टाटस लेखेर होइन, जिम्मेवारीका साथ काम गरे मात्र समृद्धि सम्भव छ ।’

राणाले प्यूठानमा आफूले थालेका विकास योजनाहरू देखेर केही तत्वहरू अतालिन थालेको टिप्पणी गर्दै जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गर्ने दाबी गरे । ‘समृद्ध प्यूठान बनाउने अभियानमा प्रदेश सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको छ,’मन्त्री राणाले भने, ‘मेरो कार्यकालमा प्यूठानलाई हेर्न लायक बनाउँछु ।’

उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि प्यूठान जिल्लामा २ अर्ब १४ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यद्यपि, जिल्लामा शहरी विकास तथा खानेपानी मन्त्रालयको डिभिजन कार्यालय नभएकाले बजेट अन्य जिल्लाको नाममा देखिने स्थिति रहेको उनले स्पष्ट पारे । 

शहरी विकास मन्त्रालयमार्फत मात्र ७१ करोड ४२ लाख ५७ हजार रुपैयाँ प्यूठानमा विनियोजन गरिएको मन्त्री राणाले जानकारी दिए । ‘बजेट कम आएको भनि सामाजिक सञ्जालमा फैलिएको चर्चा भ्रमपूर्ण हो, झन्डै दुई अर्ब बजेट मेरो पहलमा आएको हो,’उनले भने । 

मन्त्री राणाका अनुसार आफ्नो नेतृत्वमा मन्त्रालय सम्हालेपछि अलपत्र परेका खानेपानी योजनाहरूलाई प्राथमिकतामा राखी पुनःसक्रिय बनाइएको छ । 

चालु आर्थिक वर्षमा मात्रै ३९ वटा योजना सम्पन्न भइ ३,४११ घरधुरीमा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत पानी जडान गरिएको छ । आगामी वर्ष ५२ योजना सम्पन्न गरी ४,३०० घरधुरीमा पानी पु¥याउने लक्ष्य लिइएको छ । लुम्बिनी प्रदेशभर १२ हजार धारा जडान गर्ने लक्ष्य मन्त्रालयको रहेको उनले बताए ।

दम्ति–अधेरीखोला र बाग्दुला–मच्छी सडक खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढिसकेको र बजेट स्रोत सुनिश्चित भइसकेको उनले जानकारी दिए । ‘अब काम अगाडि बढ्छ, विकास हेर्न प्यूठान जानुपर्ने अवस्था आउँछ,’ मन्त्री राणाले भने । 

प्यूठानका चार जना सांसदबीच विकासको सवालमा एकता आवश्यक रहेको मन्त्री राणाको भनाइ छ । उनले आगामी वर्षको बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको उल्लेख गर्दै जिल्लागत रूपमा बजेट यसरी विनियोजन गरिएको जानकारी दिए । 

आगामी आर्थिक वर्षका लागि नवलपरासी पश्चिमा एक अर्ब १९ करोड, रुपन्देहीमा ७ अर्ब १ करोड, कपिलवस्तुमा एक अर्ब ७८ करोड, पाल्पामा एक अर्ब ९९ करोड, अर्घाखाँचीमा एक अर्ब ६९ करोड, गुल्मीमा एक अर्ब  ६६ करोड, रुकुम पूर्वी भागमा ७४ करोड १७ लाख, रोल्पामा एक अर्ब ४४ करोड, प्यूठानमा एक अर्ब ३६ करोड, दाङमा ९ अर्ब ६७ करोड, बाँकेमा ३ अर्ब ६६ करोड, बर्दियामा १ अर्ब २६ करोड बजेट विनियोजन भएकोले यसलाई सन्तुलित समावेशी भन्नमिल्ने मन्त्री राणाको दाबी छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise