२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बहराइनमा घिसिङलाई नागरिक अभिनन्दन

Nada
२०८२ असार २१ गते १५:५२
Shares
बहराइनमा घिसिङलाई नागरिक अभिनन्दन

काठमाडौं : बहराइनमा रहेका नेपालीले नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रमुख कुलमान घिसिङलाई शुक्रबार नागरिक अभिनन्दन गरेको छ । 

ncell

खाडीमा कार्यरत नेपाली श्रमिकसँग अनुभव साटासाट गर्ने क्रममा बहराइन पुगेका घिसिङलाई बहराइनकाी नेपालीले नागरिक अभिनन्दन गरेको हो । नेपाली श्रमिक आबद्ध भएका विभिन्न जातीय संघसंस्था, राजनीतिक भातृसंगठन, जिल्लागत संस्था लगायतले अभिनन्दन गरेका हुन् ।

बहराइनका नेपालीद्वारा संयुक्त रूपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, उपेन्द्र कोइराला, आशिम मोक्तान, श्रवण मिक्चन, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष विरेन्द्रकुमार तुम्वापो लगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।

नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन । म सरकारको कर्मचारी भएर वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवारी नागरिक भएको हिसाबले तपाईहरूसँग एउटा हातमा हात मिसाउने, साथमा साथ मिसाउने र तपाईहरुको संकल्पलाई अभियानको रुपमा अगाडि बढाउन आएको हो ।’

उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं । यो अभियान अरुको देशमा पनि पुग्नेछ । अगाडिको यात्रा के गर्ने भनेर धेरैले सोध्नुहुन्छ । अगाडिको यात्रा कस्तो हुन्छ भन्नेमा तपाईको सुझाब नै मेरो यात्राको मुलश्रोत हुनेछ,’ उनले भने ।

ताजा खबर

सम्बन्धित खबर