एजेन्सी: क्रिस्टियानो रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका छन् । पोर्चुगलका फरवार्डले यो प्रतियोगितामा ५ गोल गरेका रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका हुन । चेक रिपब्लिकका प्याट्रिक सिकले पनि समान ५ गोल गरे पनि एसिस्टको ट्राइब्रेकरको आधारमा रोनाल्डोले उनलाई उछिन्दै गोल्डन बुटको उपाधि हात पारेका हुन् ।
रोनाल्डोका पाँच गोलमध्ये तीनवटा पेनाल्टीबाट थियो भने हंगेरी र जर्मनीविरुद्ध उनले ‘ओपन प्ले’ बाट गोल गरेका थिए । रोनाल्डोको प्रयासका बावजुद पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
रोनाल्डो र सिकको पाँच गोलपछि ह्यारी केन, करिम बेन्जेमा, इमिल फ्रोसबर्ग र रोमेलु लुकाकुले ४–४ गोल गरे । रोनाल्डोले चार खेलमा ३६० मिनेट खेले भने ह्यारी केनले ६ सय मिनेट खेल्न पाए । रोनाल्डोले पहिलो पटक प्रतियोगिताको गोल्डन बुट जितेका हुन् । सन् २०१६ मा पोर्चुगलले उपाधि जित्दा उनी दोस्रा स्थानमा थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies