२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

यस्तो भवनबाट सञ्चालन भइरहेको छ भगवानपुर हुलाक कार्यालय

Nada
मनु यादव निरज
२०८२ असार २१ गते २१:११
Shares
यस्तो भवनबाट सञ्चालन भइरहेको छ भगवानपुर हुलाक कार्यालय

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित इलाका हुलाक कार्यालय जीर्ण र जोखिमयुक्त घरबाट सेवा दिइरहेको छ । झट्ट हेर्दा खण्डहरझैँ देखिने यो भवनमा न त कुनै बोर्ड झुन्डिएको छ, न त कार्यालय जस्तो वातावरण नै । सेवाग्राहीहरूलाई कार्यालय पत्ता लगाउनै मुस्किल हुने स्थिति छ ।

ncell

गत एक दशकदेखि बाँसको भट्टा र जस्ताले बनेको अस्थायी संरचनाबाट सेवा दिँदै आएको हुलाक कार्यालयमा आधारभूत पूर्वाधारको समेत अभाव छ । कार्यालयका निमित्त प्रमुख नागेश्वर यादवका अनुसार वर्षा भएमा छाना चुहिने समस्या छ, भने सुरक्षाको कमीले महत्वपूर्ण कागजात हराउने वा चोरी हुने डरका कारण राति सबै कागजात आफूले घर लैजानुपर्ने बाध्यता रहेको छ ।

प्रमुख यादव भन्छन्, ‘पानी पर्दा कागजात भिज्ने डर हुन्छ, कतिपय अवस्थामा खोज्दा कागजात भेट्न गाह्रो पर्छ । काम चलाउन त गर्दैछौं, तर यो अवस्था निराशाजनक छ ।’ उनका अनुसार कार्यालय व्यवस्थापनमा कर्मचारीको अभावसमेत छ ।

‘पहिला गाउँ विकास समिति हुँदा सबै वडामा चिठ्ठी लैजाने हल्कारा हुन्थे,’ यादवले स्मरण गर्दै भने, ‘अहिले म र एक जना हल्कारा मात्र छौं । यो अवस्थामा सेवा प्रवाह नियमित गर्नु चुनौतीपूर्ण बन्दै गएको छ ।’

स्थानीय बासिन्दा प्रविण यादवले हुलाक कार्यालयको अस्तव्यस्त अवस्था देखेर चिन्ता व्यक्त गर्दै भने, ‘यो कार्यालयले जनताको आवश्यक सेवा दिन सक्दैन । छिट्टै पक्की संरचना निर्माण गरी व्यवस्थित सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ ।’

ताजा खबर

सम्बन्धित खबर