२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

दूतावास कतारका प्रथम सचिवलाई पाँच दर्जन संस्थाद्वारा सम्मानसहित बिदाइ

Nada
तिलु शर्मा पौडेल
२०८२ असार २१ गते २२:१३
Shares
दूतावास कतारका प्रथम सचिवलाई पाँच दर्जन संस्थाद्वारा सम्मानसहित बिदाइ

दोहा कतार : नेपाली दूतावास कतारमा कार्यरत प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मानसहित बिदाइ गरिएको छ । पदोन्नति भएर नेपाल फर्कन लागेका सुवेदीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) समन्वय तथा कतारमा स्थापित करिब पाँच दर्जन संघसंस्थाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममार्फत सुवेदीलाई शुक्रबार साँझ संयुक्त रूपमा बिदाइ गरिएको हो । 

ncell

मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको सभा हलमा एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभाध्यक्षता तथा सचिव सुवेदीकै प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई आयोजक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले खादा ओढाएर सम्मान गरेका थिए । सुवेदीलाई संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान पत्र र मायाको चिनोले सम्मानित गरिएको थियो । 

निजामती कर्मचारीका रूपमा २०५९ कात्तिक ७ गतेदेखि प्रवेश गरेका सुवेदी कतारको दूतावासमा २०७९ माघ २७ गतेदेखि प्रथम सचिव, प्रशासन प्रमुख तथा प्रवक्ताका रूपमा कार्यरत थिए । 

नेपाली श्रमिकले निकै रुचाइएका सुवेदीले कार्यक्रममा बोल्दै आफू निजामती कर्मचारी र साहित्यकार भन्दा सबैको साथी बनेको महसुस गरेको बताए । कतारको एनसीसीमा देखिएको विखण्डनलाई लक्षित गर्दै उनले आफू नेपाल फर्कँदै गर्दा आफ्नै घरको परिवारका सदस्यलाई बिदाइ गर्दै गर्दा पनि कतारमा आफूले देखेका, चिनेका, चाहेका व्यक्ति नपाएकोमा दुःख व्यक्त गरे । १७ वटा किताब लेखेका र १५ वटा विभिन्न पुरस्कार प्राप्त गरेका सुवेदीले कतारका ३ लाख ६६ हजार नेपालीहरूमा सुनाखरी फुलाउन बाँकी रहेको हुँदा कतारमा जुँगाको लडाइँले अपूर्ण रहने होकी भन्ने चिन्ता व्यक्त गरे । 

आफ्नो निजामती जीवनका धेरै उतारचढावका किस्साहरू सुनाउँदै उनले आफू विश्वका विभिन्न देशमा पुग्दा आफू ती देशमा रहेका विभिन्न वैचारिक संगठनले आफ्ना सदस्य भनेर व्याख्या गर्ने गरेको स्मरण गर्दै आफू साझा कर्मचारी मात्र रहेको बताए । 

कतारमा केही नेपालीले गलत कार्य गर्दा नेपाली समाज समेत धुमिल हुने गरेकोतर्फ सचेत गराउँदै कतारका नेपाली नेता बन्न नसकेको बताए । 

उनले कतारमा नेपालीका समस्या समाधान गर्न एनसीसी कतार नेपाली समाजका विकृति विसङ्गति अन्त्य गर्न र श्रमिकका समस्या समाधानमा डटेर लागेको आफूले पाएको बताउँदै प्रशंसा गरेका थिए । 

आयोजक संस्थाका तर्फबाट नेपाली महिला समाज कतारका अध्यक्ष माया केसीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई एनसीसी कतारका महासचिव रविन मगरले सहजीकरण गरेका थिए । बिदाइ तथा सम्मान कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भट्टले कतारमा रहेका एनसीसीका तीन समूहलाई मिलाउन आफूले गरेको त्यागको अवमूल्यन गरेको बताए । नयाँ तदर्थ समिति निर्माण गरेर नेपाली दूतावासमा बद्री केसी समूहले बुझाएको खुलासा गर्दै आफूलाई असक्षम घोषणा गर्नेहरू कसरी सक्षम भए भनेर उनले प्रतिप्रश्न गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर