२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो सरकारलाई ५ दिनको अल्टिमेटम

Nada
२०८२ असार २२ गते १६:५२
Shares
शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो सरकारलाई ५ दिनको अल्टिमेटम

काठमाडौं : विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको अल्टिमेटम दिएको छ ।

ncell

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन् । उनले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप लगाए ।

बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए । सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरुको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको अगामी दिनहरुमा हेक्का राख्न चेतावनी दिए ।

शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत आसर १६ गतेदेखि समय माग्दै आएका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर