२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

चिकित्सकको आन्दोलन आज पनि जारी, बिरामीको बिचल्ली

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते १२:५२
चिकित्सकको आन्दोलन आज पनि जारी, बिरामीको बिचल्ली

काठमाडौं : उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् ।

सोमबारदेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि विरामी बिचल्लीमा परेका हुन् ।

नियमति उपचार गर्न आउने बिरामीहरुले ओपिडी सेवा समेत पाउन नसकेको गुनासो गरेका छन् । रिपोर्टको आधारमा आवश्यक औषधि लेख्ने चिकित्सक नै ओपिडीमा नभेटिएपछि आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ । 

नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा निस्किदा विरामीहरु मारमा परेका हुन् । उपभोक्ता अदालतको फैसलाविरुद्ध उनीहरु सोमबारदेखि आन्दोलनमा छन् ।

अदालतले केही साताअघि अस्पताल र चिकित्सकविरुद्ध फैसला गरेको थियो । अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिसम्बन्धी फैसला गरेको थियो । त्यो फैसलाले अहिले चिकित्सकहरू आन्दोलित भएका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise