२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

shivam cement
२०८२ असार २५ गते १२:३४
Shares
सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

कर्णाली : सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो । 

सो अवसरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा हुनसकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरतामा जोड दिन आग्रह गरे । 

बदलिएको व्यवस्थापश्चात् स्वास्थ्य जनशक्ति बढे पनि यसका सूचकहरूमा सुधार आउन नसकिरहेको बताउँदै मन्त्री भण्डारीले भने, “बढ्दो बसाइँसराइका कारण सुर्खेतमा वीरेन्द्रनगरजस्ता स्थानीय तहहरूमा चुनौती थपिएको छ । यसमा स्वास्थ्यकर्मीको सक्रियता र जिम्मेवारीपन बढी हुन आवश्यक छ । रोग निदानमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले सहज भएको छ ।”

प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए। कर्णालीका सात जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेकाले यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए । 

विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सुर्खेत प्रमुख गङ्गाराम सुनारले बताए । विसं २०३५ देखि खोप कार्यक्रम सुर्खेतमा सुरु भए पनि पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा हुन करिब आधा शताब्दी कुर्नुपरेको उनको भनाइ थियो । 

सम्बन्धित खबर