सप्तरी : सप्तरी बोदेबरसाइन नगरपालिकामा महिला तथा सिमान्तकृत समुदायको न्याय पहुँचका लागि अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा छुवाछुतको भावना राख्न नहुने, छुवाछुत गर्नेलाई कानूनी कारबाही, महिला हिंसाका बारेमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी उपमेयर रेणु साहले दलित समुदायलाई अहिले पनि अरू समुदायले अपहेलित गर्ने गरेको र त्यसलाई हटाउने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले दलित र सिमान्तकृत समुदायका महिलाहरु अब अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नगरपालिकाका अधिकृत दिलिप यादव विशेष अतिथिको रुपमा रहेका थिए ।