२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

गुणस्तरहीन काम गर्ने व्यवसायीको भुक्तानी रोक्का

ADV
सुमन महतरा
२०८१ असार २९ गते २१:४९
गुणस्तरहीन काम गर्ने व्यवसायीको भुक्तानी रोक्का

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको रकम भुक्तानी रोकेका छन् ।

गुल्मी सदरमुकाम तम्घासको अर्घाखाँची जीप पार्कदेखि जन्तेढुंगासम्मको सडक कालोपत्र गर्ने कार्य गुणस्तरहीन भएपछि नगरपालिका प्रमुख पन्थीले निर्माण व्यवसायीले पाउने भुक्तानी रोकेका हुन् ।

उक्त सडक कालोपत्रे गर्नका लागि लोहोनी ब्रदर्श कन्स्ट्रक्सनले र सडक पूर्वाधार विकास कार्यालयबीच सम्झौता भइ तीन किलोमिटर सडक कालोपत्रे भएको छ ।

रेसुङ्गा नगरपालिकामा पर्ने अर्घाखाँची जीप पार्कदेखि जन्तेढुंगासम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने क्रममा गुणस्तरीय नभएकोले भुक्तानी रोक्का गर्नका लागि आफूहरूले सडक पूर्वाधार विकास कार्यालयलाई पत्र लेखेर भुक्तानी रोकेको रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले बताए ।

रेसुङ्गा नगरपालिका, निर्माण व्यवसायी र सडक पूर्वाधार विकास कार्यालय प्राविधिकसहितको संयुक्त अनुगमनका क्रममा नाली पनि व्यवस्थित नभएको र सडक अव्यवस्थित रहेकोले उक्त सडकको निर्माण कार्यको सम्पूर्ण सुधार र गुणस्तरीय काम नभएसम्मका लागि भुक्तानी रोकिएको नगर प्रमुख पन्थीले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाबाट भुक्तानी रोक्न पत्र प्राप्त भएकोले गुणस्तरीय कार्य नगरेसम्म र अपुरा कामहरु नसकेसम्म रकम भुक्तानी रोक्ने सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचितानन्द चौधरीले बताए ।

गुणस्तरीय काम नगरेका कारण रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले पत्र लेखेर भुक्तानी रोक्न भनेपछि सडक पूर्वाधार विकास कार्यालयले दिनुपर्ने भुक्तानी रोकिएको छ । नगर प्रमुख पन्थीको यो पहलले सडक गुणस्तरीय रुपमा कालोपत्रे हुने स्थानीयको अपेक्षा रहेको छ ।

 

ADVADV

सम्बन्धित खबर

Advertise