काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानले इंग्ल्याण्डमा आयोजना हुने पहिलो संस्करणकै ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता बिहीबारदेखि शुरु हुँदै छ ।
गत वर्ष नै आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण यस वर्षमात्रै शुरु हुन लागेको हो । एक सय बलको क्रिकेट प्रतियोगिता विश्व क्रिकेटमा नयाँ फ्रेन्चाईजी क्रिकेट पनि रहेको र यसमा आवद्ध खेलाडीहरुको पारिश्रमिक पनि धेरै नै महँगो रहेकाले विश्वस्तरमै चर्चामा रहेको छ । विभिन्न फ्रेन्चाइजी लिग खेलिसकेका स्टार नेपाली खेलाडी सन्दीप यो प्रतियोगिताका लागि ओभल इन्भिन्सिभलमा ६० हजार पाउण्डमा आवद्ध भएका थिए ।
झण्डै एक करोड नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीप प्रतियोगिताका लागि लण्डन पनि पुगि सकेका छन् । दश दिने क्वारेन्टिन पुरा गरेका सन्दीप अभ्यासका लागि मैदान उत्रने तयारीमा रहेका बेला आयोजकले उनलाई प्रतियोगिता खेल्न नपाउने नियम सुनाएपछि आश्चर्यमा परेका थिए ।
टी २० ब्लास्टका लागि भिसाको प्रक्रिया गर्दा टियोर फाइभ भिसामा आउन पाउने र बेलायतमा क्रिकेट प्रतियोगिता खेल्न पाउने बताइएको थियो । त्यहि आधारमा सन्दीपले भिसाको प्रक्रिया अघि बढाएका थिए । र त्यसैका आधारमा उनी लण्डन पुगेका हुन् । भिसा ढिला आउँदा टी २० ब्लास्ट गुमाएका सन्दीपले अहिले फेरि हन्ड्रेड क्रिकेट पनि गुमाउने अवस्थामा पुगेका हुन् ।
अब सन्दीप रित्तै नेपाल फर्कनु परेको छ । क्वारेन्टिनको समय सकिँदै लाग्दा ईसीबीले चाँडो भन्दा चाँडो इंग्ल्याण्ड छोड्न भनेको छ । यसले पनि सन्दीपलाई झनै तनाव थपिदिएको छ । उता, सन्दीपको ठाउँमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीलाई खेलाउने भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies