२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर

shivam cement
रासस
२०८२ साउन १ गते १८:१४
उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर

हुम्लाः हुम्लाको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन् । उपचारको सट्टा परिवारले छुट्टै राखेका उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । तर हालसम्म उनको उपचार हुन सकेको छैन ।

कामीलाई कुष्ठरोग लागेको छ वर्ष भएको र अहिले अवस्था नाजुक भएको नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराले बताए । कुष्ठ रोग लागेको सुरुका दुई वर्षसम्म हिँडडुल गर्न सक्ने हुँदा जिल्ला अस्पताल पुगेर आवश्यक उपचार गराएकाअ थिए । 

चार वर्षयता भने उनको उपचार हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार हुन नसकेको हो । कान कम सुन्ने उनी हिँडडुल गर्नै नसक्ने भएपछि शौच गर्न पनि घिस्रेर जाने गर्छन् । 

घरको छतमा सानो कोठा बनाएर राखिएका उनलाई झुत्रा कपडा ओढ्ने ओछ्याउने व्यवस्था गरिएको छ । उनका दुई भाइले एक एक महिनाको आलोपालोमा खानाको व्यवस्था गर्दै आइरहेका छन् । 

कामीले आफूसँग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सोसाइटी हुम्ला शाखाका मन्त्री बोहराले बताए । आफैँ उपचार गर्न जाने अवस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता छ । कामीलाई सिमकोट गाउँपालिकाले अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ । तर हालसम्म कतैबाट सहयोग प्राप्त भएको छैन । 

ADV

सम्बन्धित खबर

Advertise