२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘सिकलसेलविरुद्ध अभियान नै थाल्नुपर्छ’

ADV
सन्तोष पौडेल
२०८१ असार ३० गते २१:००
‘सिकलसेलविरुद्ध अभियान नै थाल्नुपर्छ’

बर्दिया : युनिक नेपालका संरक्षक डाक्टर गोपाल दहितले सिकलसेलविरुद्ध सबै एकजुट भइ अभियान नै थाल्नुपर्ने बताएका छन् । युनिक नेपाल बर्दियाद्वारा राजापुर नगरपालिका वडा नं. २ जोतपुरमा आयोजित सिकलसेल एनिमियासम्बन्धी सचेतीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

डाक्टर दहितले सिकलसेल एनिमिया पहिचानका लागि मन दह्रो बनाएर जाँचपड्तालमा  जुटन सबैलाई आग्रह गरे । नेपाल सरकारले सिकलसेल ग्रसितलाई १ लाख रुपैयाँ उपचार खर्च दिँदै आएकोमा अस्पतालका केही कर्मचारीले सहजै औषधि दिन कन्जुस्याइँ गर्ने गरेको गुनासो बेला बेलामा आउने गरेको दहितले सुनाए ।

कार्यक्रममा सहजीकरण गर्दै सिकलसेल एनिमिया समाजका अध्यक्ष प्रभुराम चौधरीले सिकलसेलबारे आममानिसमा जानकारी नभएकाले चुनौती बढेको बताए । सिकलसेल लागेकालाई समाजले के भन्ला भन्ने सोचले पनि चेकजाँच नगराउने पाइएकाले सोचमा परिवर्तन गर्नुपर्ने र पालिकास्तरीय पाठ्यक्रममा सिकलसेलबारे जानकारी दिनुपर्ने खाचो औंल्याए ।

सिकलसेलबारे पहिचान, उपचार र जनचेतना आवश्यक रहेको बताउँदै अभियन्ता चौधरीले सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।

नेपाल रक्तदाता स्वयंसेवी समाज राजापुरका अध्यक्ष लोकराज ढुंगानाले सिकलसेलका बिरामीहरुलाई रगत चाहिएमा समाजसँग सम्पर्क राख्न आग्रह गरे ।

युनिक नेपालका अध्यक्ष प्रेमबहादुर थारूको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरघर, विद्यार्थी, युनिक कर्मचारी, स्थानीय, पत्रकारलगायत एक सय जना बढी सहभागी थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise