२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

प्यूठान सडकको वित्तीय प्रगति ७४ प्रतिशत, ५.५ किलोमिटर कालोपत्रे सम्पन्न

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ साउन ७ गते २०:३६
प्यूठान सडकको वित्तीय प्रगति ७४ प्रतिशत, ५.५ किलोमिटर कालोपत्रे सम्पन्न

अर्घाखाँची : सडक डिभिजन कार्यालय प्यूठानले चालू आर्थिक वर्ष २०८१/०८२ मा ७४ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ५.५ किलोमिटर पहाडी क्षेत्रमा कालोपत्रे सम्पन्न गरेको छ । सडक डिभिजनले साना खाल्डाखुल्डी पुर्‍याउनेदेखि लिएर ठूला सडकहरूमा बाढीपहिरोबाट हुने क्षति न्यूनीकरण गर्नेसम्मका कार्यहरू गर्दै आएको छ । डिभिजन प्रमुख बिसुनदास लामाका अनुसार बर्खाको समयमा सडक सञ्चालनमा राख्न निकै चुनौती भए पनि कार्यालयले निरन्तर प्रयास गरिरहेको छ ।

प्यूठान र रोल्पाका विभिन्न स्थानमा पर्ने सडक खण्डहरूमा पुराना मर्मत कार्यसँगै नयाँ ठेक्काहरूसमेत दिइएको छ । सामान्य सडकहरूमा समेत खाल्डाखुल्डी पुर्ने काम भइरहेका छन् । यद्यपि, सरकारले काम द्रुतगतिमा गर्न निर्देशन दिए पनि आवश्यक बजेट नपुग्दा पहाडी जिल्लाका सडकमा कार्यान्वयनमा समस्या आएको ईन्जिनियरहरूले बताएका छन् । 

डिभिजनका कर्मचारीहरूका अनुसार, बर्खाभर पहिरोका कारण अवरुद्ध हुने सडकहरू खुला राख्न निकै चुनौतीपूर्ण बनेको छ । यात्रुहरूलाई अनावश्यक सास्ती हुन नदिने र साना सवारीसाधनलाई सहज रूपमा सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले सडक मर्मत तथा सुधारको काम लगातार भइरहेको प्रमुख लामाको भनाइ छ ।

डिभिजन प्रमुख लामा अनुसार कार्यालय मातहतको महत्वपूर्ण भालुवाङ्ग–गनाहा–चकचके सडकमा हाल तीव्र गतिमा काम भइरहेको छ । करिब ७ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भइ नाली तथा अन्य संरचनात्मक निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । त्यस्तै, प्रमुख बजार क्षेत्र भीँग्री र जसपुर बजारको सडक विस्तार कार्य पनि सुरु भई भीँग्री बजारलाई कालोपत्रे गरेर चिटिक्क बनाउने काम भइरहेको छ । यसबाट त्यहाँका नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

डिभिजन प्रमुख बनेर लामा प्युठान आएपछि एक वर्ष नपुग्दै कार्यालयको प्रशासन सुधार, नियमित अनुगमन, प्रभावकारी जनशक्ति परिचालन र गुणस्तरप्रति विशेष ध्यान दिइएको छ । नियमित मर्मत, आकस्मिक मर्मत तथा सम्भारको काम पनि निरन्तर जारी रहेको बताइएको छ ।

सडक तथा ट्राफिक सुरक्षाअन्तर्गत चकचके–लिवाङ्ग खण्डमा करिब ११०३ मिटर ‘ब्यारियर’ जडान गरिएको जानकारी प्रमुख लामाले दिएका छन् । भालुवाङ्ग–गनाहा–चकचके सडकअन्तर्गत गर्जेनी भीर र जमुने भीरको पहिरो नियन्त्रणको काम तीव्र गतिमा भइरहेको र यो चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताएका छन् । 

वैकल्पिक सहायक राजमार्ग अन्तर्गत रोल्पा र प्यूठानमा विनियोजित करिब २८ करोड बजेटमध्ये हालसम्म ८४ प्रतिशत काम सम्पन्न भइसकेको र अब १६ प्रतिशत काम बाँकी रहेको डिभिजन कार्यालयले जनाएको छ । अघिल्लो वर्ष ६४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा प्रमुख लामाको मेहनतका कारण ७४ प्रतिशत बजेट खर्च गरिएको हो । 

ADV

सम्बन्धित खबर

Advertise