२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्वास्थ्यमन्त्री पौडेलले सम्हाले कार्यभार, राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

ADV
मध्यान्ह
२०८१ असार ३१ गते १४:१७
स्वास्थ्यमन्त्री पौडेलले सम्हाले कार्यभार, राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय गएर उनले कार्यभार सम्हालेका हुन् ।

मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति २०२४-२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । उनले पहिलो पटक मन्त्री भएको भन्दै सबैसँग सल्लाह गरेर काम गर्ने बताए ।

क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताए । उनले स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्ने प्रतिबछता जनाए ।

यस्तै एक महिनाभित्र सरकारी अस्पतालमा लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्ने पनि उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise