२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

सुलोचना मानन्धरलाई ‘जरिमैयाँ साखः स्मृति पुरस्कार’

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते २२:०१
सुलोचना मानन्धरलाई ‘जरिमैयाँ साखः स्मृति पुरस्कार’

भक्तपुर : नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा क्रियाशील संस्था नेपाल साहित्य मन्दिर भक्तपुरले वरिष्ठ साहित्यकार सुलोचना मानन्धरलाई ‘जरिमैयाँ साखः लुमन्ति सिरपा (स्मृति पुरस्कार)’ र सिनेकर्मी तथा साहित्यकार विजयरत्न असंवरेलाई ‘कुमार साखः हपाः सिरपा’ पुरस्कार प्रदान गरेको छ ।

सिद्धपोखरी पार्टी प्यालेस, दुधपाटीमा आयोजित समारोहमा नेपाल साहित्य मन्दिरका संस्थापक तथा वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थले दुबै पुरस्कार समर्पण गरेका थिए । 

कार्यक्रममा बोल्दै उनले नेपालभाषा साहित्यका सर्जकहरूलाई प्रोत्साहन दिने उद्देश्यले स्थापना गरिएको यी पुरस्कारहरू नयाँ पुस्ताका साहित्यकारलाई प्रेरणा बन्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली ‘अगिव’ले संस्थाले भाषा, साहित्य तथा मातृभाषाको प्रवर्द्धनमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ।

उनले मातृभाषा राष्ट्रको सम्पदा भएकाले सबै जातजातिले मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार महिला स्रष्टाहरूको सक्रिय सहभागिता बढ्दै गएकाले जरिमैयाँ साखः पुरस्कारले उनीहरूलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे । ‘कुमार साखः पुरस्कार’को गरिमाबारे चर्चा गर्दै स्वास्थ्यसेवी कुमार साखःको योगदानप्रति आभार व्यक्त गरे । 

पुरस्कारप्राप्त स्रष्टाहरू सुलोचना मानन्धर र विजयरत्न असंवरेले सम्मानप्रति आभार व्यक्त गर्दै साहित्य सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपालभाषा एकेडेमीका सचिव महेन्द्रगोपाल कर्माचार्य, समाजसेवी कृष्णलाल प्रधान, कवयित्रीहरू प्रतिसरा सायमी, सुलोचना सैंजु, हिसिलिना शाक्य, रेजिना नकःमि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य, रिता महर्जन, मिमिला शर्मा लगायतले कविता वाचन गरेका थिए ।

गुहेश्वरी शाक्यले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।  कार्यक्रमको सञ्चालन नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजोपाध्यायले गरेका थिए भने रामनारायण प्रजापतिले स्वागत मन्तव्य र उत्तमनारायण मल्लले कृतज्ञता ज्ञापन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise