२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

११ महिनामा अर्घाखाँचीमा ४५ करोड ६९ लाख राजश्व संकलन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २३ गते २१:५९
११ महिनामा अर्घाखाँचीमा ४५ करोड ६९ लाख राजश्व संकलन

अर्घाखाँची : चालु आर्थिक वर्षको ११ महिनामा अर्घाखाँचीमा ४५ करोड ६९ लाख राजस्व संकलन भएको छ । 

अर्घाखाँचीमा चालु आर्थिक वर्षको ११ महिना संघीय सरकार तर्फ ४१ करोड ९५ लाख  र प्रदेश सरकार तर्फ ३ करोड ७४ लाख ११ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यलय प्रमुख छबिन्द्र बेल्वासेले जानकारी दिए । जिल्लामा आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्त सम्म संघीय सरकार अन्तर्गतका कार्यालयहरुको वजेट रु ५ अर्व ७६ करोड वजेट विनियोजन भएको थियो । बियियोजन रकम मध्ये रु ४ अरव ९ करोड अर्थात करिब ७१ प्रतिशत खर्च भएको बेल्वासेले बताए  । 

यस अवधीमा चालु तर्फ कुल वजेटको करिव ७३ प्रतिशत अर्थात रु ३ अर्व ६६ करोड रकम खर्च भएको छ । यस्तै यस अवधीमा पुँजीगत तर्फ कुल वजेटको करिव  ६० प्रतिशत अर्थात  रु ४२ करोड ७० लाख मात्र खर्च भएको छ । यसले अर्घाखाँचीमा बिकास निमार्णको लागि विनियोजन भएको बजेट समेत समयमै खर्च हुन नसकेको देखाउँछ । 

त्यस्तै लुम्विनी प्रदेश सरकार अन्तर्गतका अर्घाखाँचीमा रहेका कार्यालयहरुको वैशाख मसान्त सम्म रु १ अर्व ९१ करोड वजेट विनियोजन भएकोमा रु. १ अरव २ करोड करिव ५४ प्रतिशत खर्च भएको छ । अझै ९० करोड रुपैयाँ खर्च नभएको कोष नियन्त्रक राजु पान्डेले जानकारी दिए । 

यस अवधीमा चालु तर्फ कुल वजेटको करिव ५२ प्रतिशत अर्थात रु ३१  करोड  रकम खर्च भएको छ । यस अवधीमा पँुजिगत तर्फ कुल वजेटको करिव ५४ प्रतिशत अर्थात  रु ७१ करोड ६४ लाख रकम खर्च भएको छ ।प्रदेश सरकार स्थिर नहुदाँ जिल्लामा बजेट खर्च हुन समेत हुन सकिरहेको छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise