२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

कविता : सम्झनामा ‘थप्रेक’

shivam cement
२०८२ साउन १७ गते ०६:०५
कविता : सम्झनामा ‘थप्रेक’

–खिमराज गिरी

गण्डकी, तनहुँ शुक्ल गण्डकी एक नम्बर वडामा 
पर्दछ थप्रेक थातथलो हाम्रो, इतिहासको गलामा
छ वंशावली श्रीधर गिरी पुख्र्यौली तनभरि 
दशनामीभित्र पर्दछौँ हामी गर्भ छ मनभरि । 

हरियो जंगल फूलैको वासना पाखामा छन् चरी
गगनमुनी मुस्कुराउँछ चन्द्र, सपनाकी ती परी
इतिहासकै चिनो थप्रेक तिमी, पसिना पुर्खाको
श्रीधर सन्तान अत्रय गोत्र, भृगुले चिनाको ।

दुई शतक अघि भादगाउँबाट बसाई सरेको
हावापानी, भन्ज्याङ ठाँटीमा टेकी थप्रेक झरेको
झरना झर झर सम्झना आउँछ त्यो ठूलो गराको 
मनमा बस्छ झ्याउँकिरी झ्याइँ झ्याइँ साँझमा कराको । 

डाँडा र पाखा रमाउँछन् चरी विरह तनभरि
काफलस्वाँरा, फल्याङकोट पाखा रहन्छन् मनभरि
एक घरबाट थालेको बस्ती, सात बिसा पारतिर
छरिए सन्तति गाउँ र सहर रमणीय चारतिर । 

काठमाडौं, लमजुङ, तनहुँ, कास्की, पोखरा चितवन
छरिए पनि बिर्सन्नौं थप्रेक सम्झिन्छौँ छिन् छिन्
भ्यागुते भन्थ्यौँ सानैमा हामी, प्रकृति फूलसरि
न्याउली चरी कराउँथ्यो बनमा सम्झना मनभरि । 

पुख्र्यौली थलो सबैको भलो मनभरि तिर्सना
जहाँ भए पनि सकिन्न कहिल्यै थप्रेक विर्सना
थप्रेक तिमी स्वर्गकी परी कुसुम फूलेको  
सम्झना आउने प्रकृति प्रेमी यसैमा भुलेको । 
सम्झना आउने प्रकृति प्रेमी यसैमा भुलेको ।। 

ADV

सम्बन्धित खबर

Advertise