२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्धनमा गेरुवामा विद्यालयस्तरीय पहल

shivam cement
सन्तोष पौडेल
२०८२ साउन २९ गते २१:०४
यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्धनमा गेरुवामा विद्यालयस्तरीय पहल

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा विद्यालयमा किशोर किशोरीमैत्री सूचना कक्ष सञ्चालन तथा व्यवस्थापन कार्यशाला सञ्चालन गरिएको छ । 

यूके एड र वाटर एडको आर्थिक सहयोग तथा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाद्वारा सञ्चालित वास गेन्स परियोजना अन्तरगत कार्यशालाको आयोजना गरिएको हो ।

किशोर किशोरीमैत्री सूचना कक्ष सञ्चालन सञ्चालन तथा किशोर–किशोरीका आवश्यकता सम्बन्धी सरोकारवालारुको ज्ञान र सीप अभिवृद्धि गर्दै किशोर किशोरीमैत्री सूचना कक्ष मार्गदर्शन तथा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारकाका मुख्य पक्षहरूबारे जानकारी गराउने एवम् विद्यालयस्तरीय योजना, कार्यान्वयन र अनुगमन संयन्त्रलाई सुदृद्ध गर्ने तथा संस्थागत समन्वय र स्वामित्वमार्फत दीर्घकालीन स्थायित्व प्रवर्धन गर्ने कार्यशालाको उद्देश्य हो । 

२ दिनसम्म सञ्चालन भएको कार्यशालामा परियोजना सञ्चालित भएका विद्यालयका प्रधानाध्यापकहरु, किशोर किशोरीमैत्री कक्षका फोकल शिक्षक तथा किशोर किशोरीहरुको सहभागिता रहेको थियो । 

कार्यशालामा राष्ट्रिय किशोर किशोरीमैत्री सूचना कक्ष सञ्चालन मार्गदर्शन : उद्देश्य, भूमिका र संरचना, व्यापक यौनिकता शिक्षा र किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार, महिनावारी सरसफाईका सामग्रीहरुको प्रकार र प्रयोग, व्यवहार परिवर्तनका लागि सूचना सामग्रीको उपयोग र व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो । 

कार्यशालालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक, सहभागिता मूलक, व्यावहारिक सिकाइ, समूहकार्य, प्रतिबिम्ब र निविनता जस्ता विधिहरुको अवलम्बन गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise