गोमती पाल/मध्यान्ह
महेन्द्रनगर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पुनर्वास नगरपालिका ३ मा बुद्धिमाया तामाङ वडा सभापति भएकी छन् । यसअघि वडा सचिव रहेकी उनी सहमतिमा सभापति बनेकी हुन् । पुनर्वास नगरपालिका ३ मा वडा समिति र क्षेत्रीय प्रतिनिधि सहमतिमा चयन गरिएका छन् ।
पुनर्वास नगरपालिका ३ बाहेक कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कञ्चनपुरका सबै स्थानीय तहका ९२ वडामा वडा सभापतिसहित समिति चयन गरिएका छन् । ती सबै वडाममा पुनर्वास तामाङले मात्रै कांग्रेसको वडा समितिको नेतृत्व पाएकी छन् । अन्य ९१ वडामा पुरुष सभापति छन् ।
भीमदत्त नगरपालिका १७ मा वडा सभापतिका लागि चन्द्रकला पाठकले उम्मेदवारी दिइन् । भीनपा १७ की वडा समिति सदस्य रहेकी पाठक पदम बुढासँग सभापतिमा पराजित भइन् । वडा सभापतिमा बुढाले ८१ र पाठकले २६ मत पाए । बुढा दोस्रो पटक वडा सभापति भएका हुन् । स्थानीय तह निर्वाचनमा बुढा वडा अध्यक्षमा पराजित हुँदा पाठक सदस्यमा निर्वाचित भएकी थिइन् ।
अधिकारकर्मी मिना भण्डारी भीनपा २ मा वडा समितिको नेतृत्वका लागि आकाँक्षी थिइन् । १३ औं महाधिवेशनमा नगर समिति सदस्य भएकी उनी यस पटक वडा सभापति हुनेमा ढुक्क थिइन् । ‘वडा सभापतिमा दाबी गरेको हो, सहमति भएपछि बाहिरिएँ,’ उनी भन्छन् । वडा सभापतिमा उत्तम भट्ट फेरि दोहोरिएका छन् । ‘दाबी त गरें, पछि छाडें, त्यसैले नेतृत्वमा जान नसक्नु एउटा कारण त आफैं हो’ उनी भन्छिन्, ‘अर्को चाहिँ मलाई जिम्मेवारी वहन गर्ने हिम्मत पनि छैन ।’
महिलाहरु घरायसी कामकाज लगायतले व्यस्त हुने भएकाले नेताहरुको सोचाई पनि नेतृत्व हाँक्न नसक्ने देखिएको भण्डारी बताउँछिन् । भण्डारी कांग्रेसको राजनीतिक परिवारकी सदस्य हुन् । उनका कान्छा ससुरा गोपाल सिंह भण्डारीले कांग्रेस कञ्चनपुरका नेतृत्व गरिसकेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन समितिका निर्वाचन अधिकृत हरक सिंह ९२ वडामा तामाङ बाहेक अन्यले वडा नेतृत्वका लागि दाबी समेत नआएको बताउँछन् । ‘निर्वाचन कार्यक्रमसम्म पुग्दा वडा सभापतिमा दाबी नै आएन,’ उनी भन्छन्, ‘खै के भएर हो, वडा सभापति मात्रै होइन, खुला क्षेत्रीय प्रतिनिधिमा समेत महिला आएनन् ।’ परम्परावादी सोच र पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाहरु वडाको नेतृत्वमा आउन नसकेको उनी बताउँछन् ।
वडामा सभापति सहित दुई उप सभापति, दुई सचिव, दुई सह सचिव र अन्य सदस्यहरु हुने गरेका छन् । वडा समितिको कोषाध्यक्ष मनोनित हुने व्यवस्था छ । वडाबाट आउने क्षेत्रीय प्रतिनिधिमा पनि महिला, दलित, जनजातिका लागि विधानमा व्यवस्था गरिएको छ । विधानको त्यही व्यवस्था अनुसार मात्रै क्षेत्रीय प्रतिनिधि आएका छन् ।
भीमदत्त नगरपालिकाका उप मेयर सुशिला चन्द सिंह भीनपा ६ बाट क्षेत्रीय प्रतिनिधि आएकी छन् । उनी कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय समितिको सचिवका लागि दाबेदार छन् ।
महिलाप्रतिका विश्वास, अघि बढ्नलाई प्रोत्साहन नहुने र नेतृत्व हाँक्न नसक्ने सोचका कारण महिलाहरु वडाको नेतृत्वमा आउन नसकेको उप मेयर चन्द बताउँछिन् । ‘पार्टीभित्र महिलालाई पार्टीको नेतृत्वमा आउन प्रोत्साहन चाहिने हुन्छ, त्यसो हुन सकेन’ उनी भन्छिन्,‘ हाम्रा भएन, राम्राको मूल्याङ्कन भएन ।’
पार्टीमा असहयोग भएपछि महिलाहरुसँग कोटामा क्षेत्रीय प्रतिनिधि आउन बाहेक अन्य विकल्प नभएको उनको भनाइ छ ।
उनी कांग्रेसले २०१६ मा सालमा मन्त्री बनाएकी द्वारिकादेबी ठकुरानीकी भतिजी हृुन् । ठकुरानीलाई मन्त्री बनाएको पाँच दशकसम्म पनि महिलाहरु कांग्रेसको वडा समितिको नेतृत्व पाउन पनि नसक्ने अवस्थामा छन् ।
अहिले कांग्रेसका नेतृत्व सुदूरपश्चिमका शेरबहादुर देउवा गरिरहेका छन् । उनी प्रधानमन्त्री पनि हुन् । संविधानमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ । संविधान अनुसारको कांग्रेस वडा सभापतिमा ३१ जना महिला सभापति हुनु पर्ने हो । त्यस विपरीत वडामा महिला प्रतिनिधित्व एक प्रतिशत मात्रै छ ।
भीमदत्तका उप मेयर सिंह संविधान व्यवस्था अनुसार पनि कांग्रेसभित्र अनिवार्य रुपमा पार्टीका सबै संरचनामा ३३ प्रतिशत प्रतिनिधित्व गराउनु पर्ने बताइन् । ‘पार्टीलाई लोकतान्त्रिक मुखले भनेर मात्रै भएन, वडा, नगर, क्षेत्र, जिल्ला सबैमा पार्टीभित्र ३३ प्रतिशत महिला सहभागिता हुनु पर्छ’ उनी भन्छिन् ।
नेपाली कांग्रेस कञ्चनपुरका पूर्व सचिव यज्ञराज चटौत वडाबाट महिला नेतृत्व नआए पनि नगर क्षेत्रमा आउन सक्ने बताउँछन् । ‘वडामा नेतृत्व आउन सकने, आउनु पर्थ्यो’ उनी भन्छन्,‘अब नगर र क्षेत्रको प्रतिनिधित्व आउँछन् ।’
पूर्व सचिव चटौतले भने अनुसार आगामी असोज ९ गते हुने नगर तथा गाउँ अधिवेशनमा महिलाहरु नेतृत्वमा आउन सम्भावना न्यून छ । अहिलेसम्म कुनै पनि तहमा महिलाले नेतृत्वका लागि दाबी गरेका छैनन् ।
स्थानीय तह अनुसार बेदकोट नगरपालिका १ मा अशोक भण्डारी, २ मा तारादत्त, ३ मा मोहन बहादुर गुरुधामी, ४ मा नरेन्द्र बहादुर बोहरा, ५ मा चित्रदेब भट्ट, ६ मा जयदत्त जोशी, ७ मा राम सिह मार्कड, ८ मा दल बहादुर विष्ट, ९ राज बहादुर ऐडी र १० मा गणेश प्रसाद बोहरा सभापति भएका छन् । बेदकोट कांग्रेस जिल्ला सभापति हरि प्रसाद बोहरा र केन्द्रीय सदस्य रमेश लेखको गृह नगर हो ।
कांग्रेस नेता दिवान सिंह विष्टको गृह नगर बेलौरीमा आदिवासी जनजाति समुदायका ५ जना वडा समितिको नेतृत्वमा आएका छन् ।
बेलौरी नगरपालिका १ मा किसन पन्त, २ मा राज बहादुर चौधरी, ३ मा सुब्बा राना, ४ मा कृष्ण बहार चन्द, ५ मा जित बहादुर चौधरी, ६ टेक बहादुर ओली, ७ मा प्रकाश श्रेष्ठ, ८ मा मदन सिह ऐरी, ९ मा किसन सिह राना र १० मा शेर सिह थापा सभापति भएका छन् ।
बेलडाँडी गाउँपालिका १ मा रण बहादुर विष्ट, २ मा मदनराज भट्ट, ३ मा बलराम डगौरा, ४ मा धन बहादुर रोकाया र ५ मा हेमराज राना सभापति भएका छन् ।
भीमदत्त नगरपालिका कांग्रेस सचिव दिवाकर पाण्डेयको गृह नगर हो । कांग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री लेखक २०५६ देखि भीमदत्तसहितको क्षेत्रबाट सांसदको चुनाव लड्दै आएका छन् । पूर्व केन्द्रीय सदस्य एनपी साउँद, पूर्व मन्त्री तारणी प्रसाद चटौत, नेता पदम बोगटीको गृह नगर हो । भीमदत्तका १९ वडामा पनि सबै पुरुष सभापति आएका छन् । भीनपा १ मा प्रमानन्द जोशी, २ मा उत्तम प्रसाद भट्ट, ३ मा शरन शाही, ४ मा नारायणदत्त पनेरु, ५ मा दिपलि खड्का, ६ मा प्रकाश बहादुर चन्द, ७ मा गणेश भट्ट, ८ मा मदनराज मिश्र, ९ शेर सिह विष्ट, १० मा गोकुलराज जोशी, ११ मा मनिराम रावत, १२ मा पूर्ण बहादुर सिह क्षेत्री, १३ मा विष्णु बहादुर सिह, १४ मा गम्भीर सिह ऐडी, १५ मा भीमदत्त भट्ट, १६ मा केशव सिह विष्ट, १७ पदम सिह बुढा, १८ मा राजेन्द्र केसी १८ र १९ मा धिर बहादुर पाल सभापति भएका छन् ।
दोधारा चाँदनी नगरपालिका सबै १० वडामा पुरुष सभापति छन् । वडा नं. १ मा अमर बहादुर बम, २ मा कमलापति भट्ट, ३ मा तेज सिह थापा, ४ मा महाबीर चन्द, ५ मा हजारी चन्द, ६ मा तुलाराज शाही, ७ मा सुशिल राना मगर, ८ मा टिकाराम उपाध्यय, ९ मा पदम बहादुर रावत र १० मा चन्द्र बहादुर सिंह सभापति छन् ।
कृष्णपुर नगरपालिका १ मा बालकृष्ण खनाल, २ मा रमेशराज भाट, ३ मा ईश्वरराज खाती, ४ मा दुलब सिह भण्डारी, ५ मा सुरेन्द्र बहादुर बोहरा, ६ मा देब बहादुर ओड, ७ मा हरि बहादुर गैराल, ८ मा अमर बहादुर विष्ट र ९ मा कैलाश बहादुर बलायर सभपाति भएका छन् ।
लालझाडी गाउँपालिकाका ६ वडामध्ये ४ मा आदिवासी जनजाति समुदायको हातमा वडा नेतृत्व परेका छन् । कांग्रेस नेता गोपाल गुरुङ्गको लालझाडीमा बलियो पकड मानिन्छ । लालझाडी १ मा राजीव राना, २ मा घुम्मन राना, ३ मा रोहित सिह बडायक, ४ मा प्रवेश राना, ५ मा जय बहादुर विष्ट र ६ मा गोपाल चन्द सभपाति भएका छन् ।
पुनर्वास नगरपालिका १ मा घुम्मन राना, २ मा राजेन्द्र सिह साउँद, ३ मा ब्ुद्धिमाया तामाङ्ग, ४ मा शरद प्रसाद बास्तोला, ५ मा सिताराम खड्का, ६ मा जित बहादुर तामाङ्ग, ७ मा बुद्धिमान तामाङ्ग, ८ मा रघुनाथ ओझा, ९ मनिराज खाती र १० मा चेत बहादुर विष्ट र ११ मा प्रदिप सिह सभापति छन् ।
शुक्लाफाँटा नगरपालिकामा कांग्रेसका नेता दिल बहादुर ऐर मेयर छन् । वडा नं. १ मा सुवर्ण बहादुर विष्ट, २ मा विष्णृुदत्त पनेरु, ३ मा भीम बहादुर डगौरा, ४ मा सुग्रिव राना, ५ मा भरत बहादुर भण्डारी, ६ मा दल बहादुर खाती, ७ मा अर्जुन सिह मल्ल, ८ मा पूर्ण सिह हमाल, ९ मा चक्र बहादुर ऐर, १० मा केशवदत्त अवस्थी, ११ मा टेक बहादुर भण्डारी र १२ मा केशवराज पाण्डेय सभापति छन् । बेदकोट नगरपालिकाको ८ नम्बर वडा बाहेक शुक्लाफाँटा र कृष्णपुर नगरपालिका निर्वाचन क्षेत्र नं. २ मा पर्छन् । यस क्षेत्रबाट कांग्रेसका पूर्व केन्द्रीय सदस्य एनपी साउँद र पूर्व जिल्ला सभापति बहादुर सिह थापा चुनाव लड्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies