तेजबहादुर बन/मध्यान्ह
इटहरी : पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इटहरीबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरीगंज गाउँपालिका २ का २७ वर्षीय आइतबारी हस्दा र बिहारको किसनजंग थाना दिलगबैंक ग्राम पञ्चायन १ का २२ वर्षीय सुरज साह रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनीहरूलाई इटहरीको मिलन चोकबाट नियन्त्रणमा लिइएको इटहरी प्रहरीले जनाएको छ । प्रहरी चेकिङलाई देखेर तर्किन खोजेपछि शंका लागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित ब्राउन सुगर भेटिएको र तत्काल नियन्त्रणमा लिन सफल भएको इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले मध्यान्हलाई जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई बुधबार जिल्ला अदालत सुनसरीबाट एक हप्ताको म्याद थप गरी आवश्यकीय अनुशन्धान अघि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies