२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

सुनील पौडेल : नेपालमा भ्रष्टाचार, सिंगापुरमा बचत

shivam cement
शिव विक
२०८१ साउन ३ गते ०६:५०
सुनील पौडेल : नेपालमा भ्रष्टाचार, सिंगापुरमा बचत

काठमाडौं : नेपालमा अनियमित तरिकाले आम्दानी गरेको आरोप लागेकाहरुमध्ये अग्रपंतिमा आउने नाम हो – सुनील पौडेल । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेल एक पछि अर्को भ्रष्टाचारको आरोपमा मुछिएका छन् । 

उनलाई अर्को मुद्दा लागेको छ – अवैध रुपमा विदेशी विनिमय गरेको । अर्थात, उनले प्रचलित कानुन बमोजिम सिंगापुरको बैंकमा पैसा राखेका छन् । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा सुनील पौडेलले नेपालमा भ्रष्टाचार गरेको जम्मा गरेको रकम सिंगापुरको बैंकमा बचत गरेको पाइएको छ । 

अनुसन्धानको यही निचोडका आधारमा राजस्व अनुसन्धान विभागले पौडेलविरुद्ध अवैध विदेशी विनिमयसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । 

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ मा विदेशी बैंकमा रकम जम्मा गर्न नपाउने  व्यवस्था छ । पौडेलले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ विपरीत विदेशी बैंकमा पैसा राखेको अनुसन्धानबाट खुलेको छ । उनले सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा ५८ हजार अमेरिकी डलर राखेको विषयमा विभागले अनुसन्धान थालेको थियो ।

अनुसन्धानपछि विभागले पौडेलविरुद्ध उक्त रकमको कानुनानुसार तीन गुणा बढी अर्थात् दुई करोड ३२ लाख ३७ हजार ७०० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । 

यसअघि, नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत वर्षको असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गएको वैशाखमा विशेष अदालतले उनलाई नौ वर्ष जेल र २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासहितको सजाय सुनाएको थियो । अरू आठ आरोपितले सफाइ पाएका थिए ।

सूचना प्रविधि केन्द्रकै कार्यकारी निर्देशक रहेका बेला गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध वैशाख ९ गते अर्को मुद्दा दायर गरेको थियो । उनले सूचना प्रविधि केन्द्रमा रहँदा वैध रूपमा एक करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ ४७ पैसा आर्जन गरेको तर त्यही अवधिमा २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ चार पैसा खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो ।

राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि एक पछि अर्को भ्रष्टाचारको आरोपमा मुछिँदै आएका पौडेलको अर्को बदमासी थाहा लागेको हो । 

ADV

सम्बन्धित खबर

Advertise