२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

फेरि टाढिए ओली–नेपाल

ADV
दिवाकर अधिकारी
२०८१ साउन ३ गते ०६:५५
फेरि टाढिए ओली–नेपाल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि टाढिएका छन् । मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देखाउँदै भनेका थिए, ‘मैले उहाँलाई ओलीको कुरा पत्याउन हुन्न भनेको थिएँ । धुर्तले धोका दिएर के दिन्छ छ ?’ 

त्यसअगाडि प्रचण्डले आफूले ओलीबाट धोका पाएको बताएका थिए । त्यस सन्दर्भमा अध्यक्ष नेपालले ओलीलाई धुर्त भन्दै टिप्पणी गरेका हुन् । समाजवादी मोर्चाका नेताहरुका अनुसार नेपाल ओलीसँग चिढिएको उनको अभिव्यक्तिले प्रष्ट पार्दथ्यो । 

गत असार १६ मा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन समेत एमालेले बहिष्कार गरेको थियो । अध्यक्ष ओलीलाई नै बोलाइएको थियो । तर न ओली गए न अरुलाई पठाए । त्यसबेला ओली र नेपाल नेतृत्वको पार्टी सरकारमा सँगै थियो । 

ओलीको प्रवृत्तिको विरोध गर्दै नेकपा एमालेमा बिद्रोह गरेर पार्टी फुटाएका नेपाल प्रचण्ड नेतृत्वको सरकारमा २१ फागुन २०८० देखि २८ असार २०८१ सम्म सँगै थिए । आपसी असन्तुष्टिबीच सरकारमा सँगै रहेका बेला कम्युनिस्ट एकताको बहसका लागि तयार भएका दुवै नेता फेरि सत्तापक्ष र प्रतिपक्षमा भएसँगै टाढिएका हुन् । 

नेपालले २०७८ साल भदौमा एमाले विभाजन गरेका थिए । त्यसपछि २०७९ साल वैशाखमा स्थानीय तहको चुनाव नहुँदासम्म एमालेले एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिएन । चुनावबाटै अनुमोदन भएर आएको भन्दै एमालेले पार्टीका रुपमा एकीकृत समाजवादीलाई स्वीकार गरेको थियो ।

४ मंसिर २०७९ को आम चुनावमा एमालेको नेतृत्वमा एउटा चुनावी गठबन्धन थियो भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन थियो । अर्थात्, चुनावमा ओली र नेपाल समेत आमुन्नेसामुन्ने भए । 

चुनावपछि दुवै पार्टीका दोस्रो तहका नेताहरुले पार्टी एकताका लागि प्रयास गरेका थिए । कतिपय सार्वजनिक कार्यक्रममा ओली–नेपाल सँगै देखिएका थिए । एकीकृत समाजवादीका नेताहरूका अनुसार एमालेसँग एकताको विषयमा कुराकानी समेत चलेको थियो । 

अध्यक्ष नेपाल पनि साना कम्युनिस्ट पार्टी बनाएर मात्रै अगाडि ब्न नसकिने निष्कर्षमा पुगेका थिए । नेताहरुका अनुसार नेपाल र ओली मिलाउन दोस्रो स्तरका नेताले गृहकार्य समेत गरेका थिए । २१ फागुन २०८० मा कांग्रेस र माओवादीको सत्ता समीकरण बदलिएपछि एमाले अध्यक्ष ओली नेपाल निवास कोटेश्वरमै पुगेका थिए । त्यसले दुई नेताको सम्बन्धलाई नजिक्याएको थियो । तर सुमधुर हुन खोजेको सम्बन्ध लामो समष्य टिकेन ।

सत्ता समीकरण बदलिएसँगै ओली र नेपालका बीचमा फेरि सम्बन्धमा थप दरार आएको नेताहरु बताउँछन् । यसको सुरुआत महाधिवेशनमा समाजवादीले ओलीलाई निमन्त्रणा पठाउनु र ओली नजानुबाट भएको नेताहरु बताउँछन् । ओलीले एमालेबाट प्रतिनिधि समेत नपठाएपछि एकीकृत समाजवादीले त्यसयता ओली उपस्थित कार्यक्रममा आफ्नो नेतालाई समेत उपस्थित हुन बन्देज लगाएको छ । 

पछिल्लो उदाहरण– एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री ओलीको शपथ नै बहिष्कार गरे । प्रधानमन्त्रीका रूपमा ओलीले गत सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू उपस्थिति हुने अभ्यास छ । तर नेपाल भने पुगेनन् । तर समाजवादीका अर्का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने शपथमा पुगेका थिए । उनी शपथको पूरै समारोह बसेर ओलीसँग हात मिलाएर फर्किएका थिए । 

दुवै पार्टीका नेताहरु एमाले र एकीकृत समाजवादी मिलाएर प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनाउनेसम्मको विषयमा छलफल गर्न तयार हुने अवस्थामा पुगेका ओली र नेपाल फेरि टाढिन पुगेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise