परासी : नवलपरासी (ब.सु.प.)को रामग्राम नगरपालिकाले हरितालिका तिजको अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम नगरपालिकाकी उपमेयर सम्झना चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । नगर प्रमुख धनपत यादवले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरको विशेष आतिथ्यता रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा १८ वटै वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत कुँवर र महिला तथा बालबालिका विकास शाखा प्रमुख तारा अर्यालले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, वडा नं. ४ का अध्यक्ष मदन यादवले धन्यवाद ज्ञापन गरे भने कार्यक्रम सञ्चालन मनोपरामर्शकर्ता सुमित्रा चौधरीले गरेकी थिइन् ।