२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

'गजल, संगीत र ललितकला उत्सव' भदौ १४ गते

shivam cement
मध्यान्ह
२०८२ भदौ ९ गते १७:५३
'गजल, संगीत र ललितकला उत्सव' भदौ १४ गते

काठमाडौं : नेपालमै पहिलो पटक 'गजल, संगीत र ललितकला उत्सव' हुने भएको छ । १४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली संगीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव हुने बताइएको छ ।

उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य गरेका छन् ।

उत्सवमा सातवटै प्रदेशका स्रष्टाका राष्ट्रिय भावमा लेखिएका गजलहरूलाई विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले आफ्नै संगीत र स्वरमा प्रस्तुत गर्ने कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले जानकारी दिए ।

प्रस्तुत गजलमाथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पदाधिकारी एवं परिषद् सदस्यहरूले चित्र बनाउने छन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले 'थुम्केली'का अनुसार यस उत्सवले पहिलो पटक गजल, संगीत र ललितकलालाई एकै ठाउँमा प्रस्तुत गर्ने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise