वीरगञ्ज : वीरगञ्जमा हैजाको आशंकामा १० बिरामीको नमुना परीक्षण गर्दा आठमा संक्रमण पुष्टि भएको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठ वटा नमूनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए । “वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा संकलन गरेर नमुना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उहाँले भन्नुभयो, “प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमुनामध्ये आठमा संक्रमण भेट्टिएको छ ।”
निर्देशक डा भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए । “वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाइसक्नुभएको थियो । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,” उनले भने ।