२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

चितवनमा लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

shivam cement
२०८२ भदौ ११ गते ११:०८
Shares
चितवनमा लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

चितवन : जिल्लाका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।

यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा. सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताइन् ।

यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जनाएको छ ।

सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाई भैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाई गोरु मरेका छन् ।

सम्बन्धित खबर