चितवन : वैदिक मित्र मिलन समाज चितवनको तेश्रो साधारण सभा सम्पन्न भएको छ । समाजकी अध्यक्ष नानिमैया शर्माको अध्यक्षता र सांसद एवं पुर्वमन्त्री विक्रम पाण्डेको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
विशिष्ट अतिथिहरूमा प्रदेश सांसद ज्ञानजङ लामा, जनप्रतिनिधि श्रीकृष्ण देवकोटा, बागमती प्रदेशका पूर्व सांसद रीना गुरुङलगाएत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वैदिक मित्र मिलन समाजले ८० वर्ष उमेर कटेका जेष्ठ नागरिकहरूलाई अभिनन्दनसमेत गरेको थियो । तेश्रो साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष शर्माले करिव दुई करोड लागतमा निर्माण गरिने क्रियापुत्री भवनको खर्च संघीय सांसद पाण्डेसमक्ष प्रस्तुत गरेकी छन् ।
सांसद पाण्डेले वैदिक मित्र मिलन समाजले लिएको उद्देश्य पवित्र र आवश्यक रहेको बताउदै आफ्नो तर्फबाट केन्द्र र प्रदेशमा यो बारे छलफलसहित आर्थिक सहयोगमा पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे । कार्यक्रमको सहजीकरण संस्थाका वरिष्ठ सल्लाहकार धर्मेन्द्र शर्माले गरेका थिए ।