२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

अलंकारको 'शान्त शर्वरी' लोकार्पित

shivam cement
मध्यान्ह
२०८२ भदौ २२ गते १४:१९
अलंकारको 'शान्त शर्वरी' लोकार्पित

काठमाडौं : छन्दकविता र गजललेखनमा सक्रिय रूपक अलंकार नयाँ कवितासंग्रह 'शान्त शर्वरी' लिएर आएका छन् ।

शनिबार उनको नवीनतम् कविताकृति 'शान्त शर्वरी' राजधानी काठमाडौंमा लोकार्पण गरियो । कवि भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे ।

'शान्त शर्वरी' कवितासंग्रहमा ५० वटा कविताहरू संग्रहित छन् । कवितामाथि टिप्पणी गर्दै सिग्देलले अलंकारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए । प्रा. डा. भागवत ढकालले कवि अलंकारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलंकारिक ढंगमा प्रस्तुत गरेको बताए ।

विषयगत विविधतालाई कवितामा उल्लेख्य स्थान दिएको चर्चा गर्दै अर्का समीक्षक डा. विन्दु शर्माले अलंकारका कवितामा प्रगतिवादी चिन्तन भेटिने कुरा उल्लेख गरिन् । त्यस्तै, शैलेन्द्र अधिकारीले अलंकारका कवितामा प्रगतिवादका साथमा व्यङ्ग्यको समिश्रण भेटिने उल्लेख गरे ।

विभिन्न पिंगल छन्दलाई कुशलतापूर्वक खेलाउने अलंकारका २ वटा कविता विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गाएका थिए भने ज्ञानु विद्रोही, देवु लुइँटेल र केशव भट्टराईले एक/एकवटा कविता वाचन गरेका थिए ।

यसअघि उनका 'देशको पुर्पुरो' गजलसंग्रह र 'विश्रान्त' महाकव्य प्रकाशित छन् । कवि अलंकारको यो तेस्रो काव्यकृति हो । उनको अनुवादमा 'चाणक्यनीतिदर्पणं' पनि प्रकाशित छ ।

ADV

सम्बन्धित खबर

Advertise