काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको उनको भनाइ छ ।
उनले जेनजी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको पनि बताए । संविधान दिवसलाई आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको स्मरणका रुपमा देशभर मनाउने पनि उनको भनाइ छ । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभुति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।
बुधबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरुको अवलोकन समेत गरेका छन् ।